कृषि

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र… पुरा पढौ

तनहुँको नारेश्वर तालमा पानी जम्मा हुन सुरु

तनहुँको व्यासस्थित नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त तालमा २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तालको बाँध तथा अन्य संरचना निर्माण पूरा भएसँगै पानी जम्मा गर्न सुरु गरिएको हो । ताल व्यास नगरपालिकाको गौरवको आयोजना हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले ताल आकर्षक देखिन थालेकाले यहाँ आन्तरिक पर्यटक घुम्न आउन थालेका छन् । यहाँ आउने पर्यटकले… पुरा पढौ

पोखरा २६ का नागरिकको गुनासो: गाउँमा बाँदर र शहरमा घरपालुवा कुकुरले आंतक मच्चाए

गाउँमा बाँदरले आंतङक मच्चायो, फलफुल तरकारी केही बाँकी राखेन, हाईवये पराकिलो भयो बाटो काट्न मुश्किल भयो, अन्डर पास र आकासेपुल हुन चाहियो, राती हिड्न सकिएन भित्री सडकमा बत्ती बाल्दीन पर्यो भन्दै नागरिकले स्थानीय वडा सरकारलाई प्रश्न गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ ले शनिवार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक यत्तिमा मात्रै रोकिएनन् उनिहरुले कुकुरको विगविगी नियन्त्रण गर्न समेत माग गरे । घरपालुवा कुकुर डोराएर हिड्ने नागरिकले अर्काको घर अगाडी दिशा पिसाव गराउँदे गरेको भन्दै नियन्त्रणको माग गरेका… पुरा पढौ

बेंसीशहरमा आधुनिक तरकारी खेतीसम्बन्धी निःशुल्क प्रशिक्षण

लमजुङको बेंसीशहरमा आधुनिक तरकारी खेती, उत्पादन तथा बजारीकरणसम्बन्धी एकदिने निःशुल्क प्रशिक्षण सम्पन्न भएको छ । स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आधुनिक प्रविधिको प्रयोगमार्फत तरकारी उत्पादन बढाउने, उत्पादन लागत घटाउने र उत्पादित वस्तुलाई व्यवस्थित रूपमा बजारसम्म पुर्‍याउने विषयमा प्रशिक्षण दिइएको हो ।पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्र अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा आधुनिक प्रविधि र व्यावसायिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।प्रशिक्षणमा कृषि तथा… पुरा पढौ

कास्कीका दुग्ध उत्पादक किसानलाई दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण

गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसारनै उत्पादन भएको थियो । उक्त परिमाणमा दूध उत्पादन गरेबापत किसानलाई प्रतिलिटर रु पाँचका दरले सहकारी संस्थामार्फत प्रोत्साहन सहयोग उपलब्ध गराइएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका… पुरा पढौ

कृषि उपजलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन लेखनाथबासीको सुझाव

आगामी असोजदेखि फ्लाई दुबईको नियमित उडान गर्ने तयारी भएपछि लेखनाथका कृषकहरु पनि उत्साहित भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कृषि क्षेत्रको विकास, उत्पादनको बजारीकरण तथा किसानका समस्या समाधानका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले नियमित उडानले पर्यटनको मात्र नभई यस क्षेत्रमा उत्पादित कृषि उपजको पनि बजार विस्तार हुने अपेक्षा गरे । उनीहरुले पोखरा महानगरपालिकाले ब्रान्ड गरेका जेठो बुढो चामल र उखुबाट उत्पादित खुदोजस्ता स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने, वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण गर्ने तथा कृषि उत्पादनलाई पर्यटनसँग जोड्न… पुरा पढौ

अनुदानको व्यवस्थाले रुपा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दो

कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो । यसबाट पालिकामा दूध उत्पादन वद्धि भएको छ भने किसानको आम्दानीसमेत बढेको छ । पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन् । रुपा ७ ठूलीबेँसीका किसान शङ्करलाल श्रेष्ठको गोठमा अहिले तीन वटा जर्सी गाई छन् ।… पुरा पढौ

सरकारद्वारा राष्ट्रिय कृषि नीति, २०८३ जारी,कृषि निर्यात प्रवर्द्धनलाई प्राथमिकता

कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ । सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । उक्त नीतिकाबारे आफ्नो धारणा राख्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताईन् ।… पुरा पढौ

दोस्रो कोदो महोत्सव कोदीमा सम्पन्न, कोदो उत्पादक कृषक सम्मानित

पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित महोत्सवमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ । १७ रोपनी क्षेत्रफलमा कोदो खेती गरेका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २८ का कृषक शोभा भण्डारी र ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होम बहादुर गुरुङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।… पुरा पढौ

आज दोस्रो राष्ट्रिय कोदो दिवस, पोखराको कोदीमा कोदो बिशेष कार्यक्रम

आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाइँदैछ। सरकारले कोदोजन्य बालीको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले गते वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको हो। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कोदो विसको अवसरमा यसवर्ष ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ तय गरिएको छ। यसैबिच कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोजन्य बालीको संरक्षण, उत्पादन र… पुरा पढौ