कृषि

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दीको धवलागिरि गाउँपालिका(१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् । करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताए । ‘गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो’, उनले भने, ‘तरकारी आयात घटाउने, स्थानीयवासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्ग्यानिक… पुरा पढौ

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी .(माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेकि हुन । जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामाअदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ । अखिल नेपाल टे«ड महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मङ्गलबार २० जना सङ्गठनका पदाधिकारी… पुरा पढौ

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । चट्याङ लागेर मकालु-३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए । चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका… पुरा पढौ

करिब ३५ रोपनी जग्गामा लटरम्म खरबुजा

गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् । महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले यहाँ खरबुजा फलाएका हुन् । उनीहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाएका हुन् । यहाँ उत्पादित खरबुजा अब केही दिनमा बजारमा ल्याउने तयारी छ । विगत लामो समयदेखि खरबुजाखेतीमा अनुभव सँगालेका… पुरा पढौ

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ । च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक ९एडिबी०को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो । हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि… पुरा पढौ

गर्मी छल्न लेकतर्फ लाग्दै भेडाका बथान

लमजुङ । लमजुङको बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् । चरणमा समस्या आउन थालेपछि बेँसी झेरका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन् । जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ–आफ्ना भेडाका बथान यतिबेला लेक तथा उच्च खर्कतिर लैजान थालेका यहाँस्थित पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताए । जिल्लामा सानाठूला गरेर तीन सय भन्दा बढी घुम्ती भेडीगोठ रहेका जनाउँदै ती बेँसीबाट… पुरा पढौ

भानु नगरपालिकाले यही १३ गतेदेखि प्रत्येक शनिबार हाटबजार सञ्चालन गर्न

तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिकाले यही वैशाख १३ गतेदेखि प्रत्येक साताको शनिबार हाटबजार सञ्चालन गर्न लागेको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । भानु–२ नारेश्वरटारमा रहेको बिक्री केन्द्रमा आ–आफ्नो उत्पादन बिक्रीका लागि ल्याउन कृषि तथा पशुपंक्षी शाखाले सबैलाई अनुरोध गरेको छ । नगरले सञ्चालन गर्न लागेको हाटबजारले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्नुका साथै… पुरा पढौ

तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छन् । उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक रु एक लाख बढी आम्दानी लिने गरेको कोइराला बताउछन् । “११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ । अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु”, उनले भने। तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउछन् ।… पुरा पढौ

पोखरा महानगरले जै घाँस लगाउने किसानलाई प्रोत्साहन गर्ने

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले रु १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ । महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा.अशेषराज विकले जानकारी दिए । उनका अनुसार यस वर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी रु ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ । यसअन्तर्गत… पुरा पढौ

हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए । उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ । एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका… पुरा पढौ