गोरखा । गण्डकी गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जन बढाउन अनुदानमा बाख्रा वितरण गरेको छ ।
अतिविपन्न परिवार तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पु(याउने उद्देश्यले चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।
“पालिकाभित्रकै पशुपालक किसानबाट खरिद गरेर सूचीकृत भएका अतिविपन्त परिवार र एकल महिलाको आर्थिकस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो”, उनले भने, “यसबाट अनुदान पाएका परिवारको आयआर्जन बढाउँदै जीविकोपार्जनमा सहज हुने विश्वास छ ।”
स्थानीय पशुपालक किसानले उत्पादन गरेका बाख्रा खरिद गरेर वितरण गरेकाले स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ । गाउँपालिकाले पालिकामा सूचीकृत भएका अति विपन्न परिवारलाई ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ र एकल महिला जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदानमा बाख्रा वितरण गरेको हो ।
कार्यक्रमबाट ३३ अतिविपन्न परिवार तथा एकल महिला लाभान्वित भएको उनले बताए। गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत अनुदानका लागि वडा नं ३, ४ र ५ का २७ जना अतिविपन्न परिवार छनौट भएका थिए । एकल महिला जीविकोपार्जन सहयोग कार्यक्रममार्फत तीनवटा वडाका छ जना छनौट भएका छन् । छनौटमा परेका सबैलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







