कृषि

लेखनाथ महोत्सवमा एकै दिन एक करोड ३५ लाख बराबरको कारोबार

पुस २७ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ’–महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले भने । महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वरावरको आर्थीक कारोबार भएको छ । महोत्सवको… पुरा पढौ

कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड

डुम्रे । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका साथै ऊर्जाको विकासबाट देशलाई समृद्धिको पथमा अग्रसर गराउन सहज हुने बताएका छन् । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ नाराका साथ दमौलीमा आयोजित नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको आज शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरे । महोत्सवबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउँदै उनले भने, “देशको अर्थतन्त्र विकासमा तनहुँले महत्वपूर्ण भूमिका निर्वाह गरेको… पुरा पढौ

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङको काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारील दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउछन । सुन्तलामा… पुरा पढौ

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

ढोरपाटन । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारील दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउछन् ।… पुरा पढौ

लेखनाथ महोत्सव : बृहत कृषि मेला प्रर्दशनीमा दर्शक आकर्षित

पुस २४ पोखरा । पुस १८ गतेदेखी पोखराको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको… पुरा पढौ

लमजुङमा ४ सय मेट्रिकटन सुन्तला उत्पादन

चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए । केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले उल्लेख गरे ।… पुरा पढौ

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झण्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् । उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी… पुरा पढौ

सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने पर्वतका किसानको लक्ष्य

पर्वत । यस पर्वतमा वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायत परिकार बनाउँदै आएको छ । विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै रू ७० लाख बराबरको कारोबार… पुरा पढौ

सिगानाको सुन्तला बजारीकरणमा सघाउँदै बागलुङ नगरपालिका

गलकोट । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ ।… पुरा पढौ

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

पुस १८ काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने आशा व्यक्त गरेका छन् । नेपालका लागि इजरायलका राजदुत स्मुलिकबाससँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलवीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दे दुई मूलूकबीच भएको कृषि क्षेत्रमा सहकार्यसम्वन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे । नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर सृजना… पुरा पढौ