दमौली । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । केन्द्रले गत आर्थिक वर्ष २०८०र८१…
पुरा पढौ