प्रवास

आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताएका छन् । भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ । रासस पुरा पढौ

मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा यो बर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ । चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् । मङ्गोलियाकोे मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस बर्षको… पुरा पढौ

सुडानमा भोकमरीको खतरनाक जोखिम:डब्ल्यूएफपी

सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले बुधबार चेतावनी दिएको छ । सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त भएको छ । यसले ८० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । यसबाहेक, द्वन्द्वअघि नै आफ्नो घरबाट विस्थापित भएका २० लाखभन्दा बढी नागरिकका कारण सुडानमा विश्वको सबैभन्दा… पुरा पढौ

यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यम २५ लाख नाघ्न सक्ने

श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताए । उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताए। उनले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिए । उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा एक लाख सात हजार ६३९… पुरा पढौ

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : रुसी राष्ट्रपति

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गरेका छन् । उनले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गरे । रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ आएको हो । यद्यपि अहिलेसम्म यस्तो प्रकारको कुनै पनि हतियार सञ्चालनमा छैन । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यो अन्तर्राष्ट्रिय बाह्य अन्तरिक्ष सन्धिको उल्लङ्घन हुने बताए । यद्यपि उनले हतियार आणविक–सक्षम हो… पुरा पढौ

जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्यु

पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् । यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै… पुरा पढौ

पहिरोमा परी २५ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन्। अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ । पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् । घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी… पुरा पढौ

रफाहामा इजरायली हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु

दक्षिणी गाजा पट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ । घटनामा दर्जनौं अन्य घाइते भएका छन् । बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका बताइएको छ । रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, “रफाहमा हालैका घण्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक विभत्स आक्रमणमा विस्थापित गाजाबासी बसिरहेको एक घर निशानामा परेको छ ।” इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने… पुरा पढौ

पाकिस्तान निर्वाचन: स्वतन्त्र उम्मेदवार १०१, पीएमएल–एन ७५ र पीपीपी ५४ सिटमा विजयी

पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्ुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ । पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् । निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रर्व प्रधानमन्त्री खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ । परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई… पुरा पढौ

पाकिस्तान आम निर्वाचन : मतदान जारी

पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म निर्बाधरूपमा… पुरा पढौ