प्रवास

खानी भत्किँदा चार जनाको मृत्यु, ४९ बेपत्ता, उद्धारकार्य जारी

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनःशुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् । उद्धारकर्ताले भग्नावशेषबाट १० जनालाई बाहिर निकालेका छन् जसमा चार जनाको मृत्यु भएको पाइएको छ भने छ जना घाइते छन् । घाइतेलाई अस्पताल लगिएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । रासस पुरा पढौ

विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा मारिनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालक दलका सदस्य जोएल मार्टिन र अष्ट्रेलियाका प्राविधिक सल्लाहकार साइमन चिपरफिल्ड र कार्ती सन्थानम रहेका छन् । उनीहरुको शव माउन्ट मेयोन ज्वालामुखीमा भेटिएको थियो । चारै जना मानिस मनिलास्थित जियोथर्मल फर्म इनर्जी डेभलपमेन्ट… पुरा पढौ

वेस्ट बैंकमा विद्रोही लक्षित इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते

इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो । इजरायल डिफेन्स फोर्स ९आईडीएफ० र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् । इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ। लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा… पुरा पढौ

दक्षिण कोरियाको प्रजनन दर घट्दो

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ । सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गत वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको उक्त कार्यालयले बुधबार बताएको हो । यो प्रजनन दर सन् १९७० यताको सबैभन्दा कम हो । सन् २०१८ पछि लगातार देशको प्रजनन दर एक प्रतिशतभन्दा कम रहेको छ… पुरा पढौ

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ । घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनापछि रेलमा यात्रारत एक सय २५ सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको छ । रासस पुरा पढौ

टर्कीएमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्… पुरा पढौ

टर्कीएमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्… पुरा पढौ

इन्डोनेसियामा पटाका विस्फोट हुँदा चार जनाको मृत्यु, १३ घाइते

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । विस्फोटमा मारिएका सबै एकै परिवारका सदस्य रहेको बताइएको छ । ब्लिटारका प्रहरी प्रमुख अर्गो वियोनोका अनुसार विस्फोटमा कम्तीमा १३ गाउँले घाइते भएको र २० भन्दा बढी घरमा क्षति पुगेको छ । इस्लामिक व्रत रमजानको पूर्वसन्ध्यामा बुबाले बनाएको पटाकाले विस्फोट गराएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरीले घटनास्थलको अनुसन्धान गर्न… पुरा पढौ

अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । ह्वाइट हाउस पुलले जनाएअनुसार उहाँले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ। पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ । (रासस/एएफपी) पुरा पढौ

भीषण बाढीः छत्तीस जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८… पुरा पढौ