सन्देश श्रेष्ठ
पोखरा, बैशाख १८
प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८ गोलको फराकिलो अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । कमजोर आयोजकबिरुद्ध एकतर्फी पेलेको पुलिसले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल ग¥यो । शुरुवातदेखि नै दवाबमा राखेको पुलिसले अन्तिमसम्मै खेल प्रभाव जमाउन सफल भयो ।
आयोजक पोखराबिरुद्ध नेपाल पुलिस क्लबकी रेखा पौडेल एक्लैले ह्याट्रिक गोलसहित ५ गोल गरिन् । ‘प्लेयर अफ द म्याच’ भएकी उनले खेलको ५, २७, ३५, ३८ र ६० औं मिनेटमा गोल गरिन् । शुक्रबारको खेलमा पुलिसका लागि निर्मला विक र सहारा लिम्वुले एक÷एक गोल गरे । एक गोल भने पुलिसले उपहार गोल पाएको थियो ।
आरएस पोखरा एफसी भने खेलभर रक्षात्मक बन्यो । रक्षापंक्ति कमजोर रहेको पोखराले गोल गर्ने अवसरसमेत कमै मात्रै ग¥यो । जसका कारण पहिलो खेलमै लज्जास्पद हार व्यहो¥यो ।
जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा शनिबार संकटा क्लव र त्रिभूवन आर्मी क्लव प्रतिष्पर्धामा उत्रिनेछन् ।
शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा ४ टिम सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, संकटा क्लव र आयोजक आरएस पोखरा एफी सहभागी छन् ।
प्रतियोगिताको उपाधि बिजेताले नगद ५ लाख र उपबिजेताले नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






