प्रवास

वर्षा र बाढीले १४ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ । मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ । टोलो न्युजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीले आवासीय घरहरु पूर्ण वा… पुरा पढौ

मङ्गोलियामा सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागी

उलानबटोर । मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३.८ प्रतिशतले बढी हो । राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जङ्गली डढेलोबाट जलेको छ । मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ । देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जङ्गल र मैदानमा… पुरा पढौ

यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी

यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । बैङ्ककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो । यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ । यसका कारण फिलिपिन्सभर विद्यालय बन्द गर्नुपर्यो भने बङ्गलादेशमा… पुरा पढौ

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन

गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो । यद्यपि अफ्रिकी महादेशमा मलेरियाले लाखौँ मानिसलाई मारेको वा बिरामी पारेको छ । नाइजेरियाको लागोस सहरको अनौपचारिक छिमेकी मकोकोका ६६ वर्षीया फनमिलायो कोटुनलाई नै लिनुहोस् । यहाँको फोहर पानीको पोखरीले मलेरिया फैलाउने लामखुट्टेका लागि अनुकूल प्रजनन अवस्था प्रदान गर्दछ । अमेरिकी डलर सातदेखि २१ को बीचमा पाइने उपचार गरिएको कीटनाशक मच्छरदानी कोटुनले किन्न सक्नुहुन्न । यहाँ एन्टिमलेरिया… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह

एजेन्सी । संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन माग गर्ने विषयमा बहस गरिरहेको थियो । निर्वाद हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले ३३ हजारभन्दा बढी प्यालेष्टिनीको ज्यान लिएको छ । मारिनेमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् । आग्रह स्वीकृत भएमा संयुक्त राष्ट्रसङ्घको शीर्ष अधिकारीक निकायले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रलाई रक्तपातपूर्ण युद्धको स्थितिलाई रोक्न सफल हुनेछ । मस्यौदाले सम्बन्धित देशहरुलाई इजरायलमा हतियार, तथा अन्य सैन्य उपकरणहरूको बिक्री, हस्तान्तरण रोक्न आह्वान गरेको छ । मस्यौदाको… पुरा पढौ

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु

रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिए । उनले अर्को एक आवाशीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ ।… पुरा पढौ

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक आक्रोशित बनेका छन् । ‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी सङ्गठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यालयहरूमा आवाश्यक सामाग्री सहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाई भएको र यसका कारण हजारौँ विद्यार्थीहरू निराश बन्नुपरेको छ ।” ‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहँुच भन्दा बाहिर रहेको रिपोर्ट गरेको छ । एक्काइसौंैं शताब्दीमा… पुरा पढौ

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघ्यो

एजेन्सी । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ । उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकूहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् । इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टा… पुरा पढौ

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनाका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् । हेरात शहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुई जना सवार मोटरसाइकलसँग ठोक्किँदा दुवै जनाको मृत्यु भएको हेलमान्डस्थित ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । त्यसैगरी, दक्षिणी शहर कान्दाहारबाट हेराततर्फ जाँदै गरेको तेल ट्याङ्करसँग बस ठोक्किँदा दुबै सवारी साधनको गति अनियन्त्रित भई दुर्घटना हुनपुगेको हो । अफगानिस्तानमा खराब सडक, चालकको लापर्बाही र सडक कानुनको… पुरा पढौ

जेड खानी भत्किँदा ३० जना बेपत्ता,थप विवरण आउन बाँकी

उत्तरी म्यानमाको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दाले सो दुर्घटनाबारे मङ्गलबार बिहान सिन्ह्वालाई प्रारम्भिक जानकारी गराएका छन् । यस बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । रासस पुरा पढौ