अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उनिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत आवमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय पाँच उजुरी परेको थियो… पुरा पढौ