पोखराको मुख्य बजार महेन्द्रपुल–पृथ्वीचोक सडक ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी कालोपत्र गरिएको छ । अमेरिकन प्रविधि ‘अस्फाल्ट’को प्रयोग गरी महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडक कालोपत्र गरिएको पोखरास्थित सडक डिभिजन कार्यालयले जनाएको छ । करिब डेढ किलोमिटर सडक रू. पाँच करोड लागतमा कालोपत्र सम्पन्न गरिएको कार्यालयका ओभरसियर रमेशराज पौडेलले जानकारी दिए । अस्फाल्टबाट कालोपत्र गर्दा बलियो हुने भएकाले लागत पनि बढी भएको उनको भनाइ थियो । महेन्द्रपुल–पृथ्वीचोक खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेपछि सवारी चलाउन सहज भएको चालकहरुको भनाइ छ । अस्फाल्ट पिच गर्दा…
पुरा पढौ