नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा पोखरा हुँदै स्याङ्जा पुगेका छन् । स्याङ्जाको बिरुवा गाउँपालिका स्थित गहतेमा निर्माण भएको मनकामना मन्दिरको उद्घाटन गर्न सभापति थापा स्याङ्जा पुगेका हुन् ।
उनी आज विहान काठमाण्डौंबाट विमानमा पोखरा अन्र्तराष्ट्रिय विमानस्थल ओर्लिएका थिए । उनको स्वागतमा पोखरा विमानस्थलमा कास्की र स्याङ्जाका नेपाली कांग्रेस निकट नेता तथा कार्यकर्ताको भिड नै लागेको थियो । आजै साँझ पोखरा फर्कने सभापति थापा भोलि ११३ औं वी.पी. जयन्तीको अवसर पारेर वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गर्न लागेको विशेष समारोहमा सहभागि हुनेछन् । बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा बिहान ९:३० बजे सुरु हुने उक्त कार्यक्रमलाई सभापति थापाले सम्बोधन गर्ने कांग्रेस निकट स्रोतले बताएको छ । सोही कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका प्रत्येक जिल्लाबाट पार्टीमा विशिष्ट योगदान पुर्याएका १,१ जना गरी ११ जना व्यक्तिलाई सम्मान गरिने पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला मधुले जानकारी दिए ।
पार्टी र लोकतन्त्रका लागि अनवरत खटिएका निष्ठावान् अग्रजहरूको कदरस्वरूप यो सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए । पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि सभापति थापा दोस्रो पटक पोखरा आउन लागेका हुन् । यसअघि उनी कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री स्व. प्रकाशबहादुर गुरुङको १३ औं दिनको तिथिमा आयोजित स्मृति कार्यक्रममा सहभागि भएका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका…







