आँबुखैरेनी गाउँपालिका

आँबुखैरेनी गाउँपालिकामा चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ । घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो । गाउँपालिकाभरी रहेका सीमान्तकृत चेपाङ जातिका बालबालिकालाई कक्षा १२सम्म पूर्णरुपमा निःशुल्क शिक्षा दिने निर्णय यसअघि नै गाउँपालिका कार्यालयले गरिसकेको छ । सोही निर्णयअनुरुप विद्यालय तहको पढाइमा चेपाङ बालबालिकाको लागि कापी, कलम, पोशाकलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकामा जनतासँग स्वास्थ्य कार्यक्रम

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताए । यो सेवाअन्तर्गत गाउँपालिकाका सबै वडामा रहेका ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमै पुगेर सेवा प्रदान गरिने अध्यक्ष चुमानले बताए । उनले भने, “गाउँपालिकाले स्वास्थ्यलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाएको छ, ज्येष्ठ नागरिकलाई सहजरुपमा सेवा दिन घरमै… पुरा पढौ

स्वास्थ्य सुविधा विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् । गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ । स्थानीय तहको निर्वाचनका बेला जनतामाझ जाँदा स्वास्थ्य क्षेत्रमा केही काम गर्छौँ भनेर प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता पूरा गर्न स्वास्थ्य सेवा विस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “नागरिकको… पुरा पढौ

पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी–१ सत्रसयमा ट्रमा अस्पताल बनाउन माग गरिएको हो । पृथ्वीराजमार्ग अन्तर्गत यस खण्डमा दुर्घटना भइरहने भएकाले ट्रमा अस्पतालको आवश्यकता खड्किएको चुमानले बताए । अस्पताल निर्माणका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । गाउँपालिकाले मार्कीचोकमा स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टर र आँबुखैरेनी अस्पतालका लागि डायलासिस सेवा… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र सञ्चालन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैँले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उक्त उपचार केन्द्रको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छाँै । हामी त भत्ताको लोभले… पुरा पढौ