तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैँले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उक्त उपचार केन्द्रको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छाँै । हामी त भत्ताको लोभले…
पुरा पढौ