पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना (गीता) सर्वसम्मत निर्वाचित भएकी छन्।
सोमबार पोखरामा सम्पन्न संस्थाको ३३औँ शाखा अधिवेशन तथा ३८औँ वार्षिक साधारण सभाले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा शुभद्रा बराल, कानुनी सल्लाहकारमा सृजना आले, सचिवमा विनिता केसी, कोषाध्यक्षमा रचना अधिकारी र सहसचिवमा रेजिना कटुवाल चयन भएका छन्।
त्यस्तै उपाध्यक्षमा अन्जना सुवेदी, एलिशा भुजेल, बविता केसी र अस्मिता पौडेल चयन भएका छन्। प्रकरण निर्देशकमा सरिता भुजेल र तालिम आयुक्तमा करुणा पाण्डे चयन भएका छन्।
कार्यसमितिको निर्देशकमा सन्दिपा लम्साल, एलिशा गुरुङ, सामना पराजुली र पुजा भण्डारी रहेका छन्।
अधिवेशन निर्वाचन आयुक्त गायत्री फुयाल र अधिवेशन निर्देशक सिनेटर अनिता थापाको भूमिकामा सम्पन्न भएको थियो।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







