पोखरा । आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक निर्माणका साथै सशक्त आन्दोलन आवाश्यक रहेको बताइएको छ। आदिवासी जनजाति संघर्ष समिति गण्डकीले बुधवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालका आयोजित कार्यक्रमका वक्ताहरुले अधिकार प्राप्तिका लागि आफ्नै राजनीतिक शक्ति र सशक्त आन्दोलन आवाश्यक रहेकोमा जोड दिएका हुन। कार्यक्रममा लेखक, साहित्यकार एवम राजनीतिक विष्लेषक खगेन्द्र संगौंला, राजनीतिक विष्लेषक डम्बर खतिवडा र अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले आदिवासी जनजाति साँस्कृतिक समुह हुदै अब राजनीतिक निर्णायक शक्ति बन्नुपर्नेमा जोड दिए। लेखक, साहित्यकार एवम…
पुरा पढौ