एग्रो मनाङ अवैध भएको सांसद मनाङेको दाबी, अनुदानको दुरुपयोग र वन फडानी गरेको आरोप
एसियाकै ठूलो स्याउ फार्म भनेर प्रचार गरिएको एग्रो मनाङ प्रालि अबैध रुपमा सञ्चालन भएको दाबी गरिएको छ । मनाङ जिल्लाको डिस्याङ गाउँपालिका वडा नम्बर १ पिसाङमा सञ्चालित यो फार्म विवादित जग्गामा सञ्चालनमा रहेको र यसले फर्जि कागजात बनाई अनुदान लिएर सञ्चालनमा रहेको गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले विहीबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा दाबी गरेका हुन् । २०७० साल जेठ २३ गते दर्ता भएर सञ्चालनमा रहेको एग्रो मनाङ मनाङे निर्विरोध निर्वाचित भएको मनाङ (ख)…
पुरा पढौ