‘ओल्के’ चाड

सुदूरपश्चिम प्रदेशमा ‘ओल्के’ चाड मनाइँदै

पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरू पनि यो चाड मनाउन आ–आफ्ना घर फर्किन्छन् । ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर–छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट… पुरा पढौ