कालीगण्डकी नदी

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनीभन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास भए पनि कटान रोक्न नसक्दा नगरपालिकाले काम अगाडि बढाउन नसकेको हो । सुरुआती समयमा जमिन सम्याउने, घेराबार लगाउने र केही उद्योग स्थापित गरिहाल्ने गरी संरचना निर्माणको ठेक्का लगाए… पुरा पढौ

कालीगण्डकी नदीका शालग्राम शिलाको नामकरण अभियान

कालीगण्डकी नदी किनारमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको छ । नदीको उत्खनन् र शिलाको चोरी, निकासी रोक्न र समग्र कालीगण्डकी सभ्यताको संरक्षण गर्ने उद्देश्यले आइतबार दश हजारभन्दा बढी शालग्राम शिलाको नामकरण गरी अभियान सुरू गरिएको हो । प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिका र कुश्मा नगर समितिले म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधामदेखि पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धामसम्म रहेका दश हजारभन्दा बढी शिलामा भगवान्को नाम लेखिएको समितिका सचिव हरेमबहादुर खत्रीले जानकारी दिए । आइतबार मोहिनी एकादशी… पुरा पढौ