कास्कीको रुपा गाउँपालिका

रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

कास्कीको रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले संयुक्त रुपमा बिहीबार रूपा १ र ७ मा पर्ने उक्त चक्रपथको दोस्रो खण्डको शिलान्यास गरेका हुन । सङ्घ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) रु ४७ करोड १८ लाख ९१ हजार लागतमा ३० महिनामा १६ दशमलव १२९ किलोमिटर दूरीको सडक निर्माण हुने भएको छ । चक्रपथको शिलान्यास… पुरा पढौ

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहारः रुपा गाउँपालिका

कास्कीको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनले भने, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ… पुरा पढौ