ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकका हक कार्यान्वयनका लागि सरकारी निकायमा ज्ञापनपत्र

कास्कीमा क्रियाशील ज्येष्ठ नागरिक सम्बद्ध सङ्घसंस्थाले ऐन, कानुनमा भएका प्रावधान कार्यान्वयन गराउन माग गर्दै सरकारी निकायमा संयुक्त ज्ञापनपत्र पेश गरेका छन् । ज्ञापनपत्र गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, पोखरा महानगरपालिका र कास्कीका प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको ज्येष्ठ नागरिक सङ्घ, पोखरा महानगर समितिका अध्यक्ष भूपेन्द्र गिरीले जानकारी दिए । ज्ञापनपत्रमा ज्येष्ठ नागरिक ऐनको व्यवस्थाअनुसार सार्वजनिक यातायातको भाडामा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन हुनुपर्ने, स्वास्थ्य बीमाका लागि तोकिएका अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै प्रकारका स्वास्थ्य परीक्षण, परामर्श एवं औषधि… पुरा पढौ