तमु धिं

युकेका पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई तमु धिं नेपालको स्वागत

कास्की जिल्ला अन्नपूर्ण गाउंपालिका घान्द्रुक गाउँ भइ युके स्विन्डन निवासी पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई पोखरामा तमु धिं नेपालले स्वागत एवम भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।युकेबाट छोटो समयका लागि नेपाल आउनु भएका समाजसेवी एवम सामाजिक अभियन्ता गुरुङलाई एक कार्यक्रम आयोजना गरि तमु धिं नेपाल केन्द्रिय समिती, तमु धिं नेपाल कास्की जिल्ला समिती, तमु धिं नेपाल केन्द्रिय आमा समिती, केन्द्रिय युवा समिति, तमु बिध्यार्थी समिती कास्की र कोने घोताने तमु समाज कास्कीले स्वागत एवम भेटघाट कार्यक्रम गरेको हो।गुरुङलाई तमु धिं नेपालका केन्द्रिय… पुरा पढौ

तमु धिं नेपाल मादी गाउपालिका अध्यक्षमा याङ्जाकोटका इन्द्रबहादुर गुरुङ

तमु धिं नेपाल मादी गाँउपालिका भेला तथा भाषिक अधिकार समबन्धी अन्तरक्रिया कार्यक्रम बिहिवार मादी ३ याङ्जाकोटस्थित गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ। भेलाले मादी ३ याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा मादी ६ का नारायण गुरुङ , मादी १२ का चित्रबहादुर गुरुङ , मादी २ कि अनुराधा गुरुङ, सचिवमा मादी १ का टिकाराम गुरुङ, सहसचिव मादी ३ का हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा वडा ५ का क्याप्टेन प्रेमबहादुर गुरुङ, सहकोषाध्यक्षमा वडा नं १० का… पुरा पढौ