धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्मदिएका छन । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ । शिशुका आमा बुबा दुबै एचआइभी सङ्क्रमित भइ एआरटी औषधि सेवन गरिरहेका छन । यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो । एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले अस्पतालमा एचआइभी सङ्क्रमितको उपचार र परामर्श दिँदै आइएको बताए ।…
पुरा पढौ