काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । रायमाझीलाई वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको…
पुरा पढौ