नारायणगढ–मुग्लिन सडकखण्ड

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो ।नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् । यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो । घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । चालक… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्डमाअस्थायी प्रहरी पोष्ट स्थापना

नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पहिराका कारण सडकखण्ड पटक–पटक अवरुद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । बर्सातको समयमा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिकसहित ६ जना तैनाथ रहेनछन् । पोष्ट स्थापनापछि लाइफलाइनका रुपमा रहेको यस सडकखण्डमा हुनसक्ने विपत्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्ड पुनःअवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ । यो सडकखण्ड भएर दैनिक… पुरा पढौ

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १:५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस पुरा पढौ