#निषेधाज्ञा

कास्कीमा जारी निषेधाज्ञा केही सहज बनाउँदै असार ७ गतेसम्म बढ्यो

पोखरा । कास्कीमा करिव डेढ महिनादेखि जारी निषेधाज्ञालाई केही सहज बनाउँदै थप एक साता बढाउने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति डीसीएमसीको बैठकले जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा अपेक्षाकृत नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई केही सहज बनाउँदै असार ७ गतेसम्म बढाउने निर्णय गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले  बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गौतमका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ५–१० बजेसम्म सञ्चालन हुने छन् । विकास निर्माणका… पुरा पढौ

कास्कीमा आजदेखि कडा निषेधाज्ञा

कास्कीमा आज (शनिबार)देखि एक साताका लागि झनै कडा कडा किसिमको थप निषेधाज्ञा आदेश गरिएको छ।यसअघिको भन्दा यस पटकको निषेधाज्ञामा कडाइ गरिएको हो। थप गरिएको निषेधाज्ञा जेठ १ गते विहान ५ बजेदेखि जेठ ७ गते राती १२ गतेसम्म लागू हुने जनाइएको छ। यस पटकको निषेधाज्ञामा सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सभा, जुलुस, जात्रा, महोत्सव लगायतका मानिसहरु भेला हुने र भीडभाड गर्ने गतिविधिहरु केही गर्न पाइने छैन।अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन यस पटक पनि चलाउन पाइने छैन। यस पटक कर्मचारीहरु… पुरा पढौ