१०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ हाल पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर हुन । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो । फकिरसहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद गर्ने पक्का गरी रकम पोखरा गएपछि दिने भनि च्याङ्ग्राधनी ताक्ला गुरुङलाई समेत पोखरा ल्याइएको थियो । पोखराको ड्यामसाइडस्थित होटलमा सुतेको अवस्थामा च्याङ्ग्रासहितको गाडी लिएर फकिर फरार भएका थिए…
पुरा पढौ