पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (Memorandum of Understanding–MoU) मा हस्ताक्षर भएको छ।
फिस्टेल हस्पिटलका अध्यक्ष अशोक पालिखेका अनुसार दक्षिण कोरियाको छल्ला बुकसे प्रान्तको राजधानी छेग्जु सहरस्थित मार्पे कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत प्रा. किम टेक योन (Prof. Kim Taek Yeon) र फिस्टेल हस्पिटलका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
फिजियोथेरापी तथा स्पोर्ट्स थेरापीसम्बन्धी उपकरण उत्पादन गर्ने मार्पे कम्पनीसँगको सहकार्यबाट नेपालमा स्पोर्ट्स थेरापीको अध्ययन तथा अध्यापन सञ्चालन गर्ने सम्भावनालाई अगाडि बढाइने भएको छ। यसका लागि दुवै पक्षले आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयनतर्फ अघि बढ्ने विषयमा छलफल गरेका छन्।
त्यसैगरी, फिस्टेल हस्पिटलमा आधुनिक फिजियोथेरापी उपकरण तथा सामग्रीहरू उपलब्ध गराउने र तिनको उपयोगमार्फत उपचार सेवालाई थप प्रभावकारी बनाउने विषयमा पनि विस्तृत छलफल भएको अध्यक्ष पालिखेले जानकारी दिएका छन्।
कार्यक्रमको समन्वय तथा सहजीकरणमा सहयोग गर्ने श्री प्रकाश जंग राना र मार्पे कम्पनीका म्यानेजर ह्यारोल्ड (Mr. Harold) लाई फिस्टेल हस्पिटलका तर्फबाट धन्यवाद व्यक्त गरिएको छ।
यस समझदारीले नेपालमा स्पोर्ट्स थेरापीको अध्ययन तथा अभ्यासको विकास र आधुनिक फिजियोथेरापी सेवाको विस्तारका लागि सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
k

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







