निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन्। निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ। पचास वर्ष अघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा-मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो। गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने-मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिमी खण्ड (पोखरा-जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ। पूर्वी खण्डका इञ्जिनियर एवं सूचना…
पुरा पढौ