प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत गराए । तत्पश्चात सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमालेका सांसद्हरुले नारावाजी जारी राखेपछि बैठक स्थगित भएको हो ।… पुरा पढौ

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले संसद्मा विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन । बैठक सुरु हुने वित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले बोल्नका लागि समय माग गर्दा सभामुख घिमिरेले समय दिन नमिल्ने भन्दै बैठक अगाडि बढाएसँगै उक्त दलका सांसदहरुले रोस्टम घेराउ गरी विरोध गरेका थिए। उनिहरुले भ्रष्टाचारविरुद्ध संसद्मा बोल्न पाउनुपर्ने माग गरेका थिए। पुरा पढौ