प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक जारीः प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज जारी छ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै छन । उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ । गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग… पुरा पढौ

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन । आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गरे । शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले… पुरा पढौ

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे । सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गरे । उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू. १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए। सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गदै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए । उनले… पुरा पढौ

प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राखेको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताए । प्रस्ताव अनुसार सभाको आजको बैठकमा १५ भन्दा बढी सदस्यले प्रश्न सोध्न सक्ने जनाइएको छ । पन्ध्र जनाभन्दा बढी सदस्यले प्रश्न गर्ने व्यवस्था बमोजिम समयले नभ्याइने भएकाले नियमावलीमा यस्तो व्यवस्था गरिएको थियो । आजको बैठकमा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि… पुरा पढौ