प्रधानमन्त्री

विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन । आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हून। प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनस्र्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिएका छन । वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पु¥याएको छ । काठमाडौँ उपत्यकामा समेत बाढी… पुरा पढौ

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन। भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरे। सो अवसरमा उनले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ । भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको… पुरा पढौ