प्रेमप्रसाद श्रेष्ठ

वाङ्मयका अग्ला साधक छोटा

प्रेम छोटाले जीवनमा एउटै मात्र नाटक खेले । तर त्यही नाटकले दिएको नामले भने उनलाई कहिल्यै छोडेन । उनको खास नाम प्रेमप्रसाद श्रेष्ठ हो । नेपाली वाङ्मय वृत्तमा भने प्रेम छोटाले चिनिन्छ । विसं २०१४ तिरको कुरा हो । बागलुङका कलाप्रेमी युवाहरुले नाटक ‘मनोमानी’ मञ्चन गरे । जुन नाटकमा एकै नामका दुई पात्र थिए । एउटा हवल्दारको भूमिका निभाउने प्रेमप्रसाद श्रेष्ठ अर्का बाल पात्र प्रेमप्रसाद श्रेष्ठ । हवल्दार बनेका प्रेमप्रसाद अग्लो, बाल कलाकार प्रेमप्रसाद यसै पनि होचो कदको थिए ।… पुरा पढौ