फुर्केटारीको पानी

फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी

सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह । पोखरा महानगरपालिका-२५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९र८० मा रु एक करोड ३७ लाख ६६ हजार पाँच सय ४४ आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए ।… पुरा पढौ