मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १४ पुगेको छ।
मृतकमध्ये ११ जनाको पहिचान खुलेको छ भने तीन जनाको पहिचान हुन बाँकी छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि हेटौँडा अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । तीनजनालाई थप उपचारका निम्ति चितवन ‘रिफर’ गरिएको छ । दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का एउटै टोलका यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा गाडी दुर्घटना भएको हो । छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







