बन्दीपुर

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उनले बताए । उनले भने, “सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ । ” बेलभन्ज्याङ– बानियाँटार सडकमा रु एक करोड, रिमाल्नी–… पुरा पढौ

बन्दीपुरमा मौलिक चुड्कामा छमछमी विदेशी पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् । स्थानीय युवायुवतीले गाएको गीतमा पर्यटक छमछमी नाचेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसान प्रधानले जानकारी दिए । उनले भने, “बन्दीपुर आएका विदेशी पर्यटकलाई यहाँको संस्कृति, रीतिरिवाजबारे जानकारी दिन चुड्का गीतमा नचाएका हौँ, उहाँहरु खुसी हुँदै नाच्नुभयो ।” करिब ५० को सङ्ख्यामा फ्रेन्च पर्यटक बन्दीपुर आइपुगेका छन् । उनीहरुलाई… पुरा पढौ

लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताए। उनले भने, “चिसो मौसम बन्दीपुरको पर्यटनका लागि सिजन मानिन्छ । अब विस्तारै पर्यटकको चहलपहल क्रमशः बढ्दै जान्छ ।”घुम्न मन पराउनेको बन्दीपुर गन्तव्यस्थल बनिरहेको प्रधानको भनाइ छ । उनले भने, “दसैँमा घुम्न जाने धेरैको योजना हुन्छ, पोखरा वा चितवनतर्फ जानेहरु पनि बन्दीपुर… पुरा पढौ

‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’

तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्यहरू प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रूपमा विकास भइरहेको र यसको थप प्रचार–प्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना बनाइएको उनले बताए । उनले भने, “आगामी आर्थिक वर्षमा… पुरा पढौ