बागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि पुनः पहल सुरु भएको छ । यसका लागि सर्व दलीयसहमति सहित जिल्ला प्रशासन कार्यालय मार्फत् गृहमन्त्रालयमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गलकोटमा इलाका प्रशासन कार्यालयका स्थापना गर्न सिफारिस गरिएकोे जानकारी दिए । सो स्थानमा इलाका प्रशासनको माग भने चार वर्षदेखि गरिँदै आएको छ । गलकोटको हरिचौरमा रहेको बागलुङको जिल्ला सदरमुकामलाई २०१९ सालमा बागलुङ बजार ल्याइएको थियो । बागलुङ जिल्ला सदरमुकाम बागलुङ…
पुरा पढौ