बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर, पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर, पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै नगरले अभियान थाल्ने भएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वर, पीपल चौतारी संरक्षण, वर, पीपल रोप्ने कार्यलाई प्रश्रय दिने र विश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्बन गरिने बताए। “सबै वडा, टोल र बस्ती सफा र सुन्दर…
पुरा पढौ