बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो । यस अगाडि जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठका अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडा– तहमा बालमैत्री सहजकर्ता खटाइएको थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्य तर्फका सबै सुचक पूरा गरिएको थियो । नगरपालिकाले…
पुरा पढौ