म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पु¥याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले छ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए । “भवनको गारो र भुई चर्किएर बस्न नमिल्ने अवस्था छ,” उनले भने “सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ मा सँगै राखेर पढाएका छौ । अरु भवन पनि भत्कने अवस्थामा छन् ।” पैँतालिस विद्यार्थी रहेको उक्त…
पुरा पढौ