बाढी पहिरो

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा… पुरा पढौ

झ्याप्लेखोला पहिरोमा पुरिएका बसबाट १४ जनाको शव निकालियो

काठमाण्डौं । पहिरोमा पुरिएका दुईवटा बसका १४ जनाको शव निकालिएको छ । शनिबार नागढुंगादेखि मुनि धादिङको झ्याप्लेखोलमा पुरिएका लु १ ज ४५७८ नम्वरको माइक्रोबसबाट ५ जना र अर्को नम्वर खुल्न नसकेको अर्को माइक्रोबसबाट ९ जनाको गरि १४ जनाको शव निकालिएको हो । एक्साभेटरको साहायताले उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ । प्रहरीले पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा खोजी गरिरहेको छ । पुरा पढौ

बाढी पहिरोमा परेर देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी पहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्… पुरा पढौ