झ्याप्लेखोला पहिरोमा पुरिएका बसबाट १४ जनाको शव निकालियो


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०८१ मा प्रकाशित




काठमाण्डौं । पहिरोमा पुरिएका दुईवटा बसका १४ जनाको शव निकालिएको छ ।

शनिबार नागढुंगादेखि मुनि धादिङको झ्याप्लेखोलमा पुरिएका लु १ ज ४५७८ नम्वरको माइक्रोबसबाट ५ जना र अर्को नम्वर खुल्न नसकेको अर्को माइक्रोबसबाट ९ जनाको गरि १४ जनाको शव निकालिएको हो ।

एक्साभेटरको साहायताले उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ । प्रहरीले पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा खोजी गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।