तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण गरिने भएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले संयुक्त रुपमा रेखाचित्रको बुधबार सार्वजनिक गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वरिष्ठ कलाकार अशोकमान सिंहद्वारा नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्यको स्मृतिमा उद्यानको परिकल्पना गरिएको भानु नगरपालिकाले जनाएको छ । भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माण गरिएको परिकल्पनाको प्रारम्भिक तस्वीर (रेखाचित्र) स्केच गरिएको हो । आयोजनाका…
पुरा पढौ