मादी नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता
तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् । सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन् । बालक व्यास–४ स्थित कन्काई बोडिङ स्कूल कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ । उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो…
पुरा पढौ
तनहुँको मादी नदीमा धमाधम पुल निर्माण हुँदै
मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ । वर्षायाम प्रारम्भ हुनुअघि फाउन्डेसनको सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । “उक्त कार्य सम्पन्नपश्चात् पानीमाथि गरिने ‘सुपर स्टक्चर’बाहेक अन्य…
पुरा पढौ
मादी नदीको ‘आर्क डिजाइन’ पुलस् १२ प्रतिशत प्रगति
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी उक्त पुल निर्माण भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका–५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ । उनले भने, “हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ । पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको छ ।” पाण्डेका अनुसार पुल निर्माण…
पुरा पढौ
मादी नदीमा माछा संरक्षण योजना
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो । आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछा…
पुरा पढौ
मादी नदी नियन्त्रण: पहिलो र दोस्रो चरणको निर्माण सुरु
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज(चरण)को निर्माण सुरु भएको छ । पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ । प्याकेज–२ अन्तर्गत तल्लो भतेरी खण्डमा काम भइरहेको कार्यालयका प्राविधिक एवम् सूचना अधिकारी…
पुरा पढौ