गण्डकीका चार जिल्लामा मानवसेवा आश्रमका भवन
नेपाललाई विसं २०८२ भित्र ‘सहयोगापेक्षी सडक मानवमुक्त देश’ घोषणाको लक्ष्य लिएको मानवसेवा आश्रमका चार भवन गण्डकी प्रदेशमा बनिरहेका छन् । आश्रमका गोरखा, कास्की, बागलुङ र लमजुङ शाखा छिट्टै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा छन् । भाडाको कोठाबाट सुरु भएको मानवसेवा आश्रमले सरकार र दाताको सहयोगमा भवन निर्माणलाई गति दिएको हो । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा, बागलुङको बागलुङ नगरपालिका–४ निरयघाट, लमजुङको बेँसीसहर नगरपालिका–९ पाखाथोक र गोरखाको गोरखा नगरपालिका–८ अर्चलेमा आश्रमको भवन निर्माणाधीन छन् । हेम्जामा रु १० करोडको लागतमा भवन…
पुरा पढौ