पोखरा । गण्डकी प्रदेशमा गत साता कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आइतबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्र्दै यस्तो जानकारी दिएको हो । निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गत साता ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १८९ जना संक्रमणमुक्त भएका छन् । २ हजार ४१४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा संक्रमणका कारण विभिन्न जिल्लाका ५ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, आइतबार पनि प्रदेशमा…
पुरा पढौ