पोखरा । पछिल्लो २४ घण्टामा १२ हजार बढीमा परीक्षण गर्दा ६ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ४०४ जनामा गरिएको परीक्षणमा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा ८९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।७ प्रतिशत छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २३१ पुगेको छ ।
देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ छन् । हाल देशभर ३२२ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् ।
आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






