पोखरा । गण्डकी प्रदेशमा गत साता कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आइतबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्र्दै यस्तो जानकारी दिएको हो ।
निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गत साता ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १८९ जना संक्रमणमुक्त भएका छन् । २ हजार ४१४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा संक्रमणका कारण विभिन्न जिल्लाका ५ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, आइतबार पनि प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या बढेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर ५७ जनामा कोरोना संक्रमण हुँदा ३९ जना संक्रमणमुक्त भएका छन् । ४४५ जनामा गरिएको परीक्षणमा २७ जना महिला र ३० जना पुरुष ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसरी थपिने संक्रमित मध्य सबैभन्दा धेरै कास्कीमा ३६ जना छन् । त्यसैगरि तनहुँमा ८, स्याङ्जा र नवलपरासी पूर्वमा ५–५ , लमजुङ, पर्वत र म्याग्दीमा एक–एक जना रहेको विवरणमा उल्लेख गरिएको छ ।
सोही अवधीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१७ की ७८ वर्षिया कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ ।
यो सहित प्रदेशभर हालसम्म ८७ हजार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ८५ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । अव प्रदेशभर ५३७ जना सक्रिय संक्रमित छन् । संक्रमणबाट एक हजार ३९५ जनाको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






