म्याग्दीका विद्यालयमा दिवा खाजामा कोदोको दुनोट

म्याग्दीका विद्यालयमा दिवा खाजामा कोदोको दुनोट

म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो । चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसक्रिमलगायतका परिकार प्रयोग गर्न थालेका विद्यालयले जनाएका छन् । स्थानीय तहहरुले अभिभावक र चमेनागृह सञ्चालकलाई आयात गरिएको तयारी पत्रुखाना ‘जङ्क फुड’को विकल्पमा रैथाने बालीका खाद्यान्नबाट परिकार बनाउने तालिम दिएका छन्… पुरा पढौ