तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो । सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको उनले बताए । उनले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियाँै । निवेदन…
पुरा पढौ