युक्रेन

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु

रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिए । उनले अर्को एक आवाशीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ ।… पुरा पढौ