राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिएका थिए । बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताए । उनले मुलुकमा डेङ्गुको प्रकोप फैलिएको, लम्पी स्कीन रोगका कारण पशु मरिरहेका र बाढीपहिरोको समस्याले जनजीवन प्रभावित भएकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराए । सांसद भगवती न्यौपानेले देशको रक्षा र सुशासन कायम गर्न बाध्यताले सदन अवरोध गर्नुपरेको…
पुरा पढौ